March 8, 2006

मानवअधिकारको उलङघन गरीएको ठहर

मानव अधिकार संगठन लेखनाथ उपशाखाले लेखनाथको शिशुवा ज्यामिरकुना नजिक आइतवार सादा पोशाकका सुरक्षाकर्मीले दर्ुइ माओवादी कार्यकर्तालाई सजिलै नियन्त्रणमा लिन सकिने स्थिति हुँदा हुँदै गोली हानेको र गोली लागेर ढलेपछि यातना सहित ढुङ्गाको छपनीले पटक पटक टाउँकोमा प्रहार गरेको जनाएको छ ।
घाइते दर्ुइ माओवादीलाई चरम यातना पछि उपचार्रार्थ अस्पताल लगेको आज एक विज्ञप्ती जारी गरी जनाएको छ ।
संगठनले स्थानीय बासिन्दालाई उर्दित गर्दै जारी गरेको विज्ञप्तीमा निशस्त्र र सजिलै नियन्त्रणमा लिन सकिने अवस्थाका व्यक्तिहरुमाथि गोली प्रहार गरी थप यातना दिदै अमानविय व्यवहार गरेको जनाएको छ ।
संगठनले उक्त कार्य अन्तराष्ट्रिय कानून विपरित भएको जनाउँदै नियन्त्रणमा लिएका लालबहादुर तामाङको प्राण रक्षा गरी अन्तराष्ट्रिय कानूनको पालना गरिदिन सम्वन्धीत सुरक्षा निकायसँग आग्रह गरेको छ ।
स्मरण रहोस नियन्त्रणमा लिइएका दर्ुइ माओवादी कार्यकर्ता मध्ये बिप्लव भनिने वद्री खड्काको उपचार हुँदा हुँदै हिजो पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा मृत्यू भएको थियो ।

डाका सैलिमा रेडियो अन्नपर्ूण्ा ९३.४ पोखराको प्रशारण बन्द

जिल्ला प्रहरी कास्कीका ३ जना सादा तथा बर्दिधारी प्रहरीले डाका सैलिमा माथीको आदेश भन्दै मंगलवार राति रेडियो अन्नपर्ूण्ा ९३.४ पोखराको प्रशारण बन्द गरेको छ । लोडसेडिङ भएको समयमा जेनेरेटरबाट विद्युत आपर्ूर्ति गर्दै आएको अवस्था थियो । मंगलवार राति सवा १० बजे सुरक्षा गार्ड मुक्ति के.शीलार्इर्र्धम्क्याउदैं ति प्रहरीले रेडियोको जेनेरेटर राखेको छतमा चढेर आफैंले ल्याएको हतियारबाट जेनेरेटरको विद्युत आपर्ूर्ति तार काटेर जादा रेडियो बन्द भएको थियो । यस्को प्रशारण अवधि विहान ५ बजेबाट राति १२ बजे सम्म रहेको छ । प्रशारण अवधि सकिनु २ घन्टा अघिबाटै प्रहरीले गरेको यस प्रकारको हर्कतले प्रेस स्वतन्त्रताको ठाडो उलंघन गरेको पत्रकार जगतको ठहर छ । स्वतन्त्र रेडियोको अस्तित्वलाई निमिट्यान्न पार्न हमेसा लागेको सरकारका प्रत्येक क्रियाकलापलाई कास्की प्रहरीको पछिल्लो यस रेडियो प्रतिको नांगो आक्रमणले पूष्टि गरेको छ । स्वतन्त्र रेडियोलाई विना सोधपुछ एक्कासि प्रशारण बन्द गर्राईएकोमा यस्ता निकृष्ट कार्य तत्काल रोक्न रेडियो अन्नपर्ूण्ाले सम्बन्धित पक्षलाई चेतावनि दिएको छ । कास्की प्रहरीले भने आफुलाई यसबारेमा सोध्दा उस्ले केही पनि थाहा नभएको लाचारी जवाफ दिएको छ ।
रेडियो अन्नपर्ूण्ा आज वुधवार विहानबाट सुचारु भए पनि सिटि विद्युत लाईन नभएको अवस्थामा बन्द हुने स्थितिमा रहेको छ ।
यस रेडियोले यो घटनाको न्यायिक जाच, संचार जगतको सहयोग तथा यस्ता क्रियाकलापको विरोध जनाएको छ ।

पोखरामा दिउँसै २ लाख नगद चोरी

गएका हप्तामा पोखरा नगरमा भएका ३ ठूला चोरीको केस प्रहरीले टुङ्गो लगाउन नपाउँदै आज दिउँसै पोखराकोमहेन्द्रपुलको मुटु-विशालबजारबाट नगद २ लाखको चोरी भएको छ । महेन्द्रपुलस्थित बिशालबजारबाट मझेरीपाटनका चिनबहादुर थापाको २ लाख लुटिएको हो । माछापुच्छ्रे बैंकबाट पैसा झिकेर बिशाल बजार भित्र पस्दा-पस्दै भारतीय मुलका जस्ता देखिने एक ब्यक्तीले पैसा लुटेर भागेको पिडीत थापाले वताएका छन् । “श्रीमती शिखाको साडीमा पोको पारेको पैसा, दिउँसै लुटियो” पिडीत थापाले बताए ।
घर बनाएको ऋृण तिर्न भर्खरै उनले नगद झिकेका थिए । पैसा लुटिएपछि उनीहरु हार-गुहार गर्दै ब्यस्त बजार महेन्द्रपुलमा दौडिरहेका थिए ।

March 7, 2006

नगरपालिकाका वडा अध्यक्षद्धारा राजीनामा

लेखनाथ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष आत्मराम सुवेदीले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँ सो पदमा निर्बिरोध निर्वाचित हुनुभएको थियो । उहाँले राजीनामा दिएको पत्रमा पारिवारिक र स्वास्थ्यको कारण उल्लेख गर्नुभएको छ । यद्यपि, उहाँलाई माओवादीले राजीनामा दिन धम्की भने दिएका थिएनन् । यस अघि माओवादीले घरमा तालाबन्दि गरेपछि लेखनाथ नगरपालिका वडा नम्बर ९ का हेमबहादुर सापकोटा र १० का खगराज पाण्डेले राजीनामा दिईसक्नुभएको छ । १५ वडा रहेको लेखनाथ नगरपालिकामा सात जना अध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । तीन जनाले राजीनामा दिएपछि अब वडाध्यक्षको सँख्या चारमा सिमित भएको छ ।

February 28, 2006

व्यस्त बजारमा बम विस्फोटन

पोखराको व्यस्त बजार चिप्लेढुंगामा माओवादीले सोमबार बम विस्फोटन गराउ“दा डेढ दर्जनभन्दा बढी र्सवसाधारण घाइते भएका छन्। तरकारी-फलफूल व्यवसायी र ग्राहक तथा बटुवाहरूको जमघट हुने सो ठाउ“मा दिउ“सो १ः३० बजे बम विस्फोटन भएको थियो। दर्ुइ दिनअघि मात्र र्सार्वजनिक ठाउ“मा भएको बम विस्फोटनको माओवादीले माफी मागेको भोलिपल्टै अति व्यस्त सो र्सार्वजनिक ठाउ“मा विस्फोटन भएको छ। बम विस्फोटन भएपछि घाइतेहरू केही समय सडकमा गुहार माग्दै कारुणिक ढंगमा लडिरहेका थिए। बम विस्फोटनबाट ठूलो आवाज र मुस्लो निस्किएपछि उद्धारका लागि त्यहा“ जान र्सवसाधारण डराएका थिए। तर केही समयपछि घाइतेहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी र पद्म नर्सिङ होम न्युरोडमा लगिएको थियो। फलफूल व्यापारी तनहु“की लक्ष्मी थापा, फलफूल किनिरहेकी तिब्बती महिला छोन जोन, मोटरसाइकल यात्रु पोखरा-छ बैदामका कृष्णप्रसाद ढुंगाना गम्भीर घाइते भएका छन्। त्यस्तै तरकारी व्यापारीहरू प्रेम राना, रवि श्रेष्ठ, परशुराम खड्का, सीता कु“वर, लीला गुरुङ, अभित जुल्ला, कुमार तामाङलगायतका र्सवसाधारण घाइते भएका छन्। सामान्य घाइतेहरू नजिकैको मेडिकलमा उपचार गर्राई घर फर्केका थिए, जसको नाम मेडिकल रर्ेकर्डमा समावेश छैन। तीन छोराछोरीकी आमा ३२ वषर्ीया लक्ष्मी थापाका प्रहरी श्रीमान्को केही वर्षघि स्याङ्जा भिडन्तमा मृत्यु भएको थियो।

घाइतेहरु उपचार गराउदै
चित्र नेपाल समचार पत्र

माओवादीले सेनाको गाडीलाई लक्षित गरी चिप्लेढुंगाको चौतारानजिकै बम विस्फोटन गराउ“दा गाडीमा सामान्य क्षति पुगेको छ। विस्फोटमा एक सैनिक जवान पनि घाइते भएका छन्। विस्फोटनको केही घण्टापछि प्रहरीले नजिकै तरकारी बेच्दै आएका हरि ओझाको ठेलागाडीमुनि सो रिमोट कन्ट्रोल भेटेको थियो। रिमोट भेटिएपछि प्रहरीले उनलाई गिरप्ः्तार गरेको छ। तर ओझाकी श्रीमतीले सो रिमोट देख्नेबित्तिकै प्रहरीलाई खबर गर्दा उल्टै श्रीमान्लाई समातेर लगेको बताइन्। उनले आप्ः्ना श्रीमान् निर्दोष भएकाले रिहाको पहल गरिदिन सबैस“ग आग्रह गरेकी छिन्। यसैबीच सिन्धुली संवाददाताका अनुसार कमलामाई नगरपालिका-४ माईस्थान मन्दिरनजिक सोमबार दिउ“सो सुरक्षाफौज र माओवादीबीच करिब २० मिनेट भिडन्त भएको छ। तर भिडन्तका क्रममा दुवैतर्फमानवीय क्ष्ँति नभएको स्रँेतले बतायो। वृद्ध दम्पतीको हत्या यसैबीच माओवादीको एक समूहले दैलेखको डा“डापराजुलनिवासी वृद्ध दम्पती ८छ वषर्ीय इन्द्रलाल सापकोटा र ५९ वषर्ीया लीलादेवी सापकोटाको घा“टी रेटी हत्या गरेको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ।

February 19, 2006

सराङ्कोट

पूर्वी आकाशमा रातो पिण्ड झुलुक्क झुल्किूदा ‘सराङ्कोट’ मुसुक्क मुस्कुराउँछ । प्रभाती किरण कुमारी माछापुच्छे्रमा छरिँदा क्यामेराको क्लिक् ! क्लिक् ! क्लिक् ! मात्रै सुन्ािन्छ ।’ हजुर दुई वर्षअघिसम्म यसरी नै बखान गरिन्थ्यो सराङ्कोटको । हिँजोआज भने पर्यटन उद्योगमा आएको मन्दीले क्लिक् ! क्लिक् ! कमै सुनिन्छ । हिमालको मुस्कुराउने बानी भने फेरिएको छैन ।

सूर्योदय, सूर्यास्त र हिमाल हेर्नेहरूको मेला लाग्ने ठाउँ हो सराङ्कोट । पोखरा उपत्यकाको उत्तरमा ठिंग उभिएको यो डाँडोसँगै टाँसिन आइपुग्छ हिमाल । पोखराको ट्रेडमार्क माछापुच्छे्रलाई बीचमा पारेर उभिएका छन् धौलागिरि, अन्नपूर्ण शृंखला, हिउँचुली, गंगापूर्ण, मनास्लु र गणेश हिमाल । हावाको १८ किलोमिटर दूरीमा छन् यी हिमशृंखलाहरू । वातावरणविद् डा. कृष्ण केसी भन्छन्- ‘सहरबाट यति नजिकै यति धेरै हिमाल एकैपटक हेर्न पाउनु हाम्रो भाग्य हो । यस्तो सुविधा अन्यत्र सायदै होला ।’


यो डाँडो ५ हजार ५ सय फिट अग्लो छ । यहाँबाट फेवाताल, पोखरा सहर, नागबेली हुँदै बगेकी सेती नदी, कुूडहर फाँटको मनोरम दृश्य देखिन्छ । दृश्यले आँखा अघाउँदैनन् । पोखरेलीहरू बारम्बार यो डाँडोमा पुगिरहन्छन् । उनीहरू भन्छन्- ‘यस्तो रमाइलो डाँडोमा सधैं बसिरहुँझैं लाग्छ ।’ टि्वन डर्टस एन्ड रेस्टुरेन्टकी मालिक्नी हरिमाया तिमिल्सिनाका अनुसार शनिबार पोखरेलीहरू पनि सूर्योदय हेर्न यहाँ आइपुग्छन् । महेन्द्रपुलका चेतन गुरुङका शब्दमा ‘डाँडाहरूकी रानी’ हो-सराङ्कोट । ऐतिहासिक रूपले पनि यो डाँडोको आप\mनै महत्त्व छ ।

इतिहासविद् डा. दिलबहादुर क्षेत्रीका अनुसार कास्कीकोटका चौबीसे राजाको प्रशासनिक इकाइ थियो-यो । कास्कीकोटमा वि.सं १५२५ देखि १५८३ सम्म राजा कुलमण्डन शाहले शासन गरेका थिए । त्यतिबेलै बनेको पानी खाने कुवा सराङ्कोटमा ‘राजाको कुवा’ नामले प्रख्यात छ । डाँडाको थाप्लोमा ‘भूमेकालिका’ मन्दिर पनि छ ।

पहिले-पहिले बाग्लुङ, पर्वत र म्याग्दी पुग्न सराङ्कोट हुँदै हिँड्नुपथ्र्यो । २०४८ सालमा ‘बाग्लुङ राजमार्ग’ खुलेपछि सराङ्कोटमा बास बस्नेहरू घटे । पर्यटक भने पोखराबाट उक्लन थाले । पर्यटन कार्यालय पोखराका अनुसार पोखरा भित्रिएका ४० प्रतिशत पर्यटक त्यहाँ पुग्छन् । यहाँ बास बस्न सुविधायुक्त होटल-रेस्टुराँहरू छन् । प्रसिद्ध विन्ध्यवासिनी मन्दिरको छेवैमा उभिएको छ-यो डाँडो । ट्याक्सीमा २० मिनेट गुडेपछि थाप्लोमै पुग्न पुनः आधा घण्टा हिँड्नुपर्छ । सराङ्कोटको आकाशमाथि पाइलट राजेश बमजनको प्याराग्लाइडिङ देखिन्छ । त्यसले सबैलाई त्यहाँबाट उडूू-उडूू बनाउँछ ।

साभार नारी

आहा गोल्डकपमा अप्रिकन खेलाडीले भाग लिने

सहारा क्लव पोखराको आयोजनामा हुन लागिरहेको चौथो आहा गोल्डकप फुटवल प्रतियोगितामा नेपालमा लिग खेल्न आएका अप्रिmकन खेलाडीहरुले समेत भाग लिने भएका छन् । उनीहरुले अप्रिmकन युनाईटेड क्लवका तर्फाट प्रतिष्पर्धा गर्ने छन् । फागुन ९ गतेदेखि २० गतेसम्म पोखराको रंगशालामा हुने उक्त प्रतियोगितामा नेपालका चर्चित क्लव मनाङ मर्स्याङदी, महेन्द्र पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, ज्ञानेन्द्र ए.पि.एफ. अफर्सस क्लव, पर्ूवाञ्चलको धरान फुटवल क्लव, झापाको नाईट चेस क्लव, आयोजक सहाराका तर्फाट रातो र नीलो गरी दर्ुइ समूह, रुपन्देही ११, एन्फा एकेडेमी १०, भारतकोर् इस्टन रेलवे, कलकत्ता ११ र अप्रिmकन युनाइटेड क्लवबीच खेल हुने छ । प्रतियोगिता सचालनका लागि हिमश्री फूड्स प्रालिले मुख्य प्रायोजन गरेको छ भने सानमिगेल वियरले सह-प्रायोजन गरेको छ । प्रतियोगिताको स्तरलाई बढाउन यस पटक आयोजकले पुरस्कारको राशिमा समेत वृद्धि गरेको छ । विजेता टिमको नगद पुरस्कार रासि रु ७५ हजार , उप विजेतालाई रु ५० हजार , उत्कृष्ट गोल कर्तालाई रु १५ हजार , र सर्वोत्कृष्ट गोल कर्तालाई रु २० हजार नगद तथा प्रमाण-पत्र र शिल्ड रहेको छ । आहा गोल्डकपबाट संकलित रकम क्लवले सहारा एकेडेमीमा खर्च गर्दै आएको छ । प्रतियोगितामा २४ लाख बराबरको आथिक कारोवार हुने अनुमान गरिएको छ । आहा गोल्डकपलाई र्सार्कस्तरीय वनाउने र सहारा एकेडेमीलाई व्यवस्थित गर्ने हाम्रो योजना भन्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगिता अवधिभर कुनै पनि बन्द तथा हड्ताल नगरिदिन आयोजकले सबैसँग आग्रह गरेको छ ।
द्ययततom या ँयrm ज्ञ

February 18, 2006

लेखनाथ -९ का शुत्रबहादुरलाई उमेरले छेकेन पढ्नलाई

पढ्नलाई उमेरले थुनछेक गर्दैन भन्ने कुराका साक्षी हुन्, कास्कीको लेखनाथ-९ का शुकबहादुर अधिकारी, ८० । मनमा युवाको जस्तो जोस र जाँगर लिएर उनी स्कुल धाउँछन् । गाउँको विश्वज्योति प्राथमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने शुकबहादुर

आप\mना नातिनातिनाका सहपाठी हुन् । कक्षामा उनी आठदेखि १२ वर्ष उमेरका बालबालिकासँग बस्छन् । पढाइमा पनि उनी तेजिला छन् ।

कक्षामा ध्यान दिएर पढ्ने शुकबहादुर पढाइ हुन्जेल कक्षाकोठाबाट बाहिर निस्कँदैनन् । उनी विद्यालय धाउन थालेको पाँच वर्ष बितिसकेको छ । कक्षा एकमा पढ्दा प्रथम भएपछि उनलाई तीन कक्षामा भर्ना लिइयो । उनको लगनशीलता देखेर विद्यालयका गुरुहरू पनि दङ्ग छन् । ‘बुढेसकालमा पनि के पढेको ?’ भन्नेलाई उनी चोटिलो जवाफ दिन्छन्, “बूढो मान्छेले पढ्न हुँदैन भनेर कहाँ लेखेको छ ?” कुनै बेला उनलाई झोलाभरि किताबकापी हालेर लट्ठी टेक्दै विद्यालय जाँदा बाटोमा हेर्नेहरूको धुइरो नै लाग्थ्यो । तर, अहिले उनको साहस र जाँगर देखेर धेरैजसोले आफ्ना छोराछोरी विद्यालय पठाउन थालेका छन् ।

फोटो नेपाल
उनको आँखाको ज्योति पनि क्रमशः कमजोर हँुदै गएको छ । शारीरिक दुर्बलताका बाबजुद पनि उनी सखारै पाँच बजे उठिसक्छन् । नित्यकर्म सकेर उनी गुन्द्री बिछ्याएर पढ्न-लेख्न बसिहाल्छन् । उनी आफ्नै नातिनी अञ्जु अधिकारीसँगै विद्यालय आउने-जाने गर्छन् । अञ्जु पनि हजुरबुबासँगै कक्षा पाँचमा पढ्छिन् । अञ्जु भन्छिन्, “हजुरबुबा त पढ्नमा मभन्दा धेरै सिपालु हुनुहुन्छ ।”

शुकबहादुुरको अधिकांश समय जागिरका सिलसिलामा भारतमै बित्यो । आफूले उतिबेला नपढ्दा विदेशमा पाएको दुःख र झन्झटको

स्ाम्झनाले उनलाई बुढेसकालमा आएर पढ्ने उत्कट इच्छा जागेको हो । उनको फूर्ति दखेर उनकी श्रीमती राजकुमारी अधिकारी, ७२, फुरुङ्ग छन् । स्मरणीय छ, शुकबहादुरमाथि पत्रकार दिलभूषण पाठकले वृत्तचित्र शुकबहादुर अधिकारी ः कक्षा चार बनाइसकेका छन् ।

साभार नेपाल

February 12, 2006

लेखनाथको विद्युत सव-स्टेशनमा भिडन्त

लेखनाथ नगरपालिका वडा नं. ३ अघौर्ंमा रहेको काली गण्डकी जलविद्युत आयोजनको सव-स्टेशनमा शुक्रबार राति सुरक्षाफौज र माओवादीबिच भिडन्त भएको छ ।
माओवादी व्रि्रोहीले आक्रमण शुरु गरेपछि दोहोरो फायरिङ भएको स्थानीय बासिन्दाले बताएका छन् । भिडन्त राति १०ः४५ बजेबाट शुरु भएको हो । पहिले दर्ुइ वटा ठूला-ठूला विष्फोटनको आवाज आएको र त्यसपछि दोहोरो फायरिङ भैरहेको स्थानीयबासी प्रकाशलाल श्रेष्ठले बताउनु भयो ।
विद्युत सव-स्टेशनका कन्ट्रोल रुमका कर्मचारी कृष्ण खनालले बताए अनुसार गोली हानाहान हुने क्रम रोकिदै चल्दै गरेको थियो । उनले पनि क्षतिको कुनै विवरण दिन सकेनन् । “हामी भित्ता लागेर बसेका छौं, के भैरहेको छ थाहा छैन ।” खनालले ११ः४५ बजे समाधानसित भन्नुभयो-”गोली चल्दैछन्, मरिन्छ क्यारे ।” खनालले कसरी भिडन्त शुरु भएको हो केही थाहा नभएको भन्दै बाहिर के भैरहेको छ जानकारी पाउन नसकिएको बताए ।
कास्कीस्थित सुरक्षा अधिकारीहरुले पनि विद्युत सबस्टेशनमा गोली हानाहान भएको बताएका छन् । तर घटनाबारे यथार्थ जानकारी प्राप्त नभएको ती अधिकारीले बताए ।
स्थानीयबासीहरुले राति अबेरसम्म बीचबीचमा ठूला-ठूला विष्फोटका आवाज आउने र गोली चल्ने भइरहेको जानकारी दिएका छन् ।

ेखनाथ र पोखराका निर्वाचित पदाधिकारीद्वारा सपथ ग्रहण

वुधवार भएको निर्वाचन वाट निर्वाचित भएका पोखरा र लेखनाथका प्रमुख, उप प्रमुख र वडाध्यक्ष अन्य सदस्यहरुले शुक्रवार एक साथ सपथ ग्रहण गरेका छन् । उनीहरुले शुक्रवारदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
दुवै नगरका नगरप्रमुखहरुले माननीय जिल्ला न्यायाधीश चण्डिराज ढकाल समक्ष सपथ ग्रहण गरेका थिए भने अन्यपदाधिकारीहरुले आ -आफ्ना नगर प्रमुख समक्ष छुट्टाछुट्टै कार्यक्रममा सपथ ग्रहण गरेका थिए ।
सपथ ग्रहण कार्यक्रममा पोखरा उपमहानगरपालिकाका नगर प्रमुख भिमसेन थापाले सवैको सल्लाह र सुझाव वमोजिम आफूले नगरपालिकालाई अगाडी वढाउने विचार व्यक्त गर्नु भयो । नगरपालिकामा देखापरेको अस्थायी कर्मचारी समस्यालाई उहाले व्यवस्थित वनाएर लैजाने आश्वासन दिनु भयो । तर यस अगाडि अञ्चल प्रशासक कुमारबहादुर कार्कीले भने दरवन्दी भन्दा वाहिरका कर्मचारीलाई हटाउन पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक छत्रविक्रम शाहले निर्वाचित पदाधिकारी हरुवाट श्री ५ को शाही घोषणा वमोजिम शान्ति स्थापनामा वल पुग्ने वताउनु भयो ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Hit Counter
Hit Counter